Monday, April 8, 2013

9th april 2013

म सँग तिम्रो कै गुनासो छैन,
तिम्रो मायाको कै संको छैन;
केवल तिमी फेरी मुस्कुराइदेउ,
तेसैमा सन्तुस्टी, तेसैमा खुशी।

यादका पत्र छरिएछ यो मनमा,
अमर यो खोट, यो चराएको घाउमा;
कसरी म हाँसु तिमीनै भनन,
कसरी म भुलाउ तिमीनै बुझन।

भारी-भारी यो छाती
टाँडिएछ नीँदपनि;
ती पल -ती क्षणहरुको यादमा,
संसार भुलाइ रमाएका ती दिनहरुमा।

अन्जानीमा के भुल गरे यो मैले,
रुवाएर तिमीलाई म खुशी कहँा थे?
सताएर तिमीलाई म आनन्दित कहाँ थे?
तिम्रो ममतामा हुर्के,
म जसो थे, तिमीसँग खुशी थे।

आज झर्छ यो आँशु त्यो कथाको अन्त्यायीमा,
मायुस यो आत्मा थकित तिम्रै प्रखाइमा,
छट्पटिन्छ हरेक अंग कठाँग्रिदै ति यादमा।।

No comments:

Post a Comment