Sunday, July 14, 2013

a tribute to my mother :)

बँधिरहोस् सदैव ममताको गाँठो,
थकान मेटाउने, पीँडा भुलाउने
सर्तहीन माया।
न्यानो काखको स्वप्न संसार,
अमृत सरह दिव्य हाँसो,
ममताको बाँडी बगाइदिने ती नेत्रहरु!
मायाको ज्वाला भकभक उम्लिरहेको त्यो हिम्मत दिने छाती,
छाइरह है तिमी मेरै आसपास,
दिरह सहानुभूती, निडर हुन्छु म तिम्रै छहारीमा,
बसीदेउ मेरो बोलीमा, मेरो आउभाउमा,
तिमीनै मेरो सर्व प्रेरणा,
तिमीनै मेरी आमा,
मेरो आँट र वीरंगणा।।

No comments:

Post a Comment