Friday, January 3, 2014

00:25 (24/12/2013)

बलेको मैनझैँ पग्लिँदै जाँदाखेरि,
पर्वतदेखि झरेको पवित्र गंगा-
डाँडा-काँडा, पाखा-पखेरा हुँदै
धुलो-मैलसँग मिस्सिदाखेरि, 
आकाशले पोखेको शुद्ध झरी,
पातालको वस्तुले चुम्दाखेरि,
भौतारिएको आशाले निराशीत सत्यखुलाउँदाखेरि,
आश्थाहरु छताछुल्लहुँदा,
परीको नगरीको सपना कोर्दा-कोर्दै भताभुंग हुँदा,
बालापनको हत्या हुँदा,
छिप्पिएको स्वभावको उदय हुँदा,
गहकिलो विश्वास र पूणः
आँटिलो साहस उत्पन्न हुँदा ।
।।।
00:25 (24/12/2013)

No comments:

Post a Comment